आँखै अगाडी दुवै हात जोडिएका कृष्ण ओली देख्दा भक्कानिएर रोइन् रुपा (भिडियो)



०८ फागुन २०७५, काठमाडौँ

कृष्ण ओली र रुपा ओली चिन्नको लागि नौलो नाम होइन । अब लगभग सबैले कृष्ण ओली र रुपा ओलीको जीवन कथा थाहा पाइसकेका छन् । कृष्णले कलिलै उमेरमा पाएको दुख र रुपाले उनलाई जीवनको हर मोडमा दिएको साथ साच्चैँ नै प्रेरणादायी नै छ ।

अहिले देश तथा विदेशबाट विभिन्न आर्थिक सहयोग पाएर कृष्णले आफ्नो एक खुट्टा जोडिसकेका छन् । अहिले उनको अवस्थामा सुधार पनि आएको छ । कृष्ण र रुपाको कथा साच्चैँ नै मन छुने भएकाले उनीहरुको जीवनमा आधारित नाटक हिजो राजधानीमा देखाइएको थियो ।

राजधानीको डिल्लीबजारस्थित सार्वजनिक थिएटरमा प्रस्तुत गरिएको नाटक हेर्न रुपा ओली र कृष्ण ओली लगायत थुप्रै प्रतिष्ठित व्यक्ति पनि पुगेका थिए । उक्त नाटकमा कृष्ण र रुपाको प्रेम, विवाह, संघर्ष र दुखको कथा प्रस्तुत गरिएको थियो । जसमा रुपाको भूमिका सोनिसा बजगाई र कृष्णको भूमिका सुदिप जगं कार्कीले निभाएका छन् ।

नाटक हेरिरहँदा हलमा उपस्थित भएका दर्शक मात्र नभएर रुपा पनि निकै भावुक भएकी थिइन् । अन्त्यमा आफ्नो मनलाई थाम्न नसकेर रुपा निकै भक्कानिएर रुन पुगिन् । उनले नाटकमा कृष्ण ओलीको पहिलेको अवस्था र अहिलेको अवस्था सम्झना आएर रोएको बताइन् । उनले उक्त मन छुने नाटक प्रस्तुत गरेकोमा सम्पुर्ण आयोजकलार्ई पनि धन्यवाद दिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्