श्रीमती माइत गएको बेला रक्सीले मातेर एक युवकले गरे आफ्नै ९ बर्षकी सानी छोरीको बलात्कार



०८ फागुन २०७५, काठमाडौँ

बलात्कार अहिलेको सबैभन्दा प्रमुख सामाजिक समस्या हो । हाम्रो देशमा दिनप्रतिदिन बलत्कारको क्रम बढ्दो छ । विशेषगरी अहिले उमेर पुगेका युवतीहरु भन्दापनि १४ बर्षभन्दा मुनिका साना नानीहरु यसको सिकार हुन पुगिरहेका छन् । यसको जल्दोबल्दो उदाहरणको लागि भर्खरै ललितपुरमा घटेको एक घटनालाई लिन सकिन्छ ।

ललितपुरमा वसोवास गर्दै आएका नेपाल प्रहरीका पूर्व हवल्दारले आफ्नै ९ बर्षिया छोरीलाई बलात्कार गरेका छन् । उनले आफ्नी श्रीमती माइत गएको बेला रक्सी खाएर मातेको सुरमा आफ्नी सानी छोरीको बलात्कार गरेका छन् ।

यो कुराको जानकारी उनकै भतिजले गराएका हुन् । उक्त हवल्दारले आफ्नी श्रीमती नभएको बेलामा छोरालाई एक्लै पारेर बलात्कार गरेका हुन् । छोरीले पेट दुखेको जानकारी गराएपछि उनलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको योनाङ्बाट रगत पनि बगिरहेको थियो । ती सानी बालिका स्वयमले उनकै पिताले उनको बलात्कार गरेको बताएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्