डिपीएल अपडेट : फाईनल प्रवेशका लागि १११ रनको लक्ष्य !



०८ फाल्गुन २०७५, काठमाडौं

धनगढी प्रिमियर लिगमा आज भएको खेलमा अत्तरियाले काठमाडौंलाई १११ रनको लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार जारी पहिलो क्वालिफायरमा टस जितेर पहिले ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन जोडे ।

उसका कप्तान दीपेन्द्रसिंह ऐरीले ३३, सन्नी पटेलले २८, सुबेन्दु पाण्डेले १६ र जयकिशन कोल्सावालाले १३ रन जोडे । छैटौं ओभरमा अंकित दबासले काठमाडौंलाई सुरुवाती सफलता दिलाएका थिए ।

तेस्रो विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सुबेन्दु पाण्डेसँग मिलेर ४० रनको साझेदारी गर्दै टोलीको स्कोर अघि बढाएका थिए ।

३४ बलको सामना गरेका दीपेन्द्रले ५ चौका प्रहार गरेका थिए । यस्तै सोही ओभरको अन्तिम बलमा सुबेन्दु पाण्डे९१६० लाई पनि अनिलले स्टपिङ गरे ।

काठमाडौंका अंकित दबास र सुर्य तामाङले २/२ तथा रासिद खान र योगेन्द्र कार्कीले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्