०८ फाल्गुन २०७५, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द ईन्डोशियाली क्लब ‘पर्सिजा जकार्ता’ मा अनुबन्ध भएका छन् । आगामी अप्रिलदेखि सुरु हुने प्रतियागिताका लागि उनी आजै ईन्डोनेशिया जाने बताईएको छ ।
गत सिजनमा पनि सोही क्लबबाटै खेलेका चन्दलाई यो सिजनमा पनि क्लबले अनुबन्ध गरेको हो । तग सिजनमा ‘वर्ष खेलाडी’ समेत घोषित भएका थिए ।
रोहितलाई अनुबन्ध गर्ने कुरा अगाडीदेखि नै चलेको भएपनि पारिश्रमिकमा कुरा नमिलेको बचाईएको छ । तर, यो समय आएर क्लबले उनलाई गत सिजनको भन्दा केही मात्रामा पारिश्रमिक बढाईदिएपछि उनी क्लबमा अनुबन्ध हुने पक्का भएको हो ।