वाइडबडिका दोषीलाई कारबाही खोई?: सांसद प्रदीप यादव



०८ फागुन २०७५, काठमाडैँ

सत्तारुढ संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले वाइडबडी विमान खरिदका दोषीलाई कारबाही नगरेकोमा आपत्ति जनाएका छन् ।

सार्वजनिक लेखा समितिले प्रतिवेदन दिएको एक महिनाभन्दा बढी हुँदा प्रतिवेदन सार्वजिनक नभएको र कारबाही अगाडि नबढेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

वाइडबडी विमान भ्रष्टाचारमा सरकार किन चुप लागेर बस्यो सार्वजनिक लेखा समितिले गोलमाल गरेर पनि प्रतिवेदन पठायो ।

तर महिनौं वितिसक्यो त्यो सरकारले सार्वजनिक गरेको छैन उनले भने ‘के हो सभामुख महोदय मैले बुझिरहेको छैन जनता निराश भइसके ।’यस्तो ठूलो भ्रष्टचार हुँदा पनि सरकार र प्रतिपक्ष दुबै चुप लागेको भन्दै उनले आपत्ति जनाए ।

आफ्ना नेताको नामको अस्पताल छुटेकोमा १५/१५ दिन संसद अवरोध भयो तर वाइडबडीको विषयलाई लिएर एक पटक कसैले टेबुल ठोकेन’ उनले कांग्रेसको आलोचना गर्दै भने ।

यस्तै अवस्था रहेमा सरकार र संसदप्रतिकै विश्वास गुम्ने सांसद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्