‘निरुता सिंह मेरो क्रस’ : अनमोल केसी



०८ फागुन २०७५, काठमाडौँ

अनमोल केसी अहिलेका सर्वाधिक व्यस्त र चर्चित अभिनेता हुन् । त्यतिमात्र नभएर उनी अहिलेका सबैभन्दा डिमाण्डेड अभिनेता पनि हुन् । यतिबेला अनमोल चलचित्र क्याप्टेन को प्रमोशनमा व्यस्त छन् ।

यसैबीच उनले आफ्नो मन पर्ने कुराहरु पनि बताए । अनमोलले आफूलाई नम्रता श्रेष्ठ सबैभन्दा राम्री लाग्ने नायिका भएको बताए । त्यस्तै उनले आफू साहाकारी भएकाले साधारण खाना नै खान रुचाउने बताए । अनमोलले आफ्नो एउटा गोप्य कुरा खोलेका छन् ।

उनले निरुता सिंह सधैँभरि आफूलाई निकै मनपर्ने नायिका भएको बताउँदै निरुतालाई नै आफ्नो क्रस बताए । अहिले निरुता अनमोलकै घरमा बसेकी छिन् । अनमोलले निरुतासँग आफ्नो धेरै बानी मिल्ने बताए । साथै निरुताको मुक्तकण्ठले प्रशंसा पनि गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्