चर्चित बाल गायक अशोक दर्जीमा आयो यस्तो परिवर्तन, घर गएर बहिनीलाई पढाउँदै मार्सलाट पनि सिकाए (भिडियो)



०८ फागुन २०७५, काठमाडौँ

अशोक दर्जीलाई नचिन्ने सायद कोही छैनन् होला । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीसँग मन बिनाको धन ठूलो कि धन बिनाको मन गीत गाएर एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी अहिले निकै व्यस्त र डिमाण्डेड बन्दै गएका छन् ।

उनलाई अहिले देश तथा विदेशका कार्यक्रममा भ्याईनभ्याई छ । भर्खरै मात्र देशका विभिन्न ठाउँमा कार्यक्रम सकेर यतिबेला अशोक आफ्नो गृहजिल्ला झापा पुगेका छन् । काठमाडौँ बसेर पढ्न थालेपनि अशोकमा निकै परिवर्तन आएको छ । अहिले अशोक हरेक कुरामा निकै अव्वल बन्दै गइरहेका छन् ।

उनले घर पुगेर आफ्नी सानी बहिनीलाई पढाए । यो निकै अचम्मको कुरा हो । त्यतिमात्र नभएर अशोकले आफ्नी बहिनीलाई मार्सलाट पनि सिकाए । यो साच्चैँ नै निकै राम्रो कुरा हो । सानो उमेरमा नै निकै दुख गरेका अशोक अहिले राम्रो स्थानमा पुगेका छन् । उनले आफ्नो मात्र नभएर आफ्नो परिवारको पनि इज्जत बढाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्