मेघा घिमिरेलाई भेट्न उनकै घरमा गए प्रदिप खड्का, गरे १ लाख सहयोग (भिडियो)



०९ फागुन २०७५, काठमाडौँ

करेन्ट लागेर आफ्ना दुवै हात गुमाएकी मोरङकी मेघा घिमिरेको बारेमा सायद सबै जानकार भैसकेका छन् । उनको जीवनमा पनि कृष्ण ओलीलाई जस्तै दुख परेको छ । सानै उमेरमा उनले पनि करेन्ट लाग्नाले आफ्नो दुवै हात गुमाइन् । अहिले उनलाई आर्टिफिसियल हात राख्नको लागि आर्थिक सहयोगको निकै जरुरत परेको छ ।

यस्तैमा हालैमात्र मेघालाई सबैभन्दा मन पर्ने नायक प्रदिप खड्का उनलाई भेट्नको लागि उनको घर भक्तपुरमा नै पुगेका छन् । प्रदिपसँगै चलचित्र लब स्टेशन की नायिका जसिता गुरुङ, निर्माता गोविन्द शाही र एलिस कार्की पनि पुगेका थिए ।

प्रदिपलाई देखेर मेघा निकै खुसी भएकी थिइन् । उनलाई लब स्टेशन टिमले १ लाख सहयोग पनि गरेको छ । मेघालाई देखेर प्रदिपले आफूले धेरै कुरा सिकेको बताए । उनले मेघाको जीवनबाट आफूले प्रेरणा पाएको पनि बताए । प्रदिपलाई भेट्दा मेघा निकै खुसी भएकी थिइन् ।

उनले प्रदिपलाई प्रपोज पनि गरिन् । प्रदिपले उनको घरमा थोरै समय बिताएपनि मेघालाई धेरै खुसी दिएका छन् । मेघाले पनि प्रदिप र सम्पूर्ण लब स्टेशन टिमले आफूलाई आर्थिक सहयोग गरेकोमा धेरै धन्यवाद पनि दिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्