पहिलो पटक देखियो बाबुराम भट्टराईलाई दौरा–सुरूवाल र ढाका टोपीमा



०९ फागुन २०७५, काठमाडौँ

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ६४ वर्षको उमेरमा पहिलो पटक दौरा सुरूवाल र ढाका टोपी लगाएका छन् ।

नयाँ शक्ती पार्टीले पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मको लोकराजमार्ग हुँदै गरिरहेको जनसंवाद कार्यक्रमका क्रममा जाजरकोट पुगेका डा भट्टराईले दौरा सुरूवाल, कोट र ढाकाटोपी लगाएका हुन् ।

नयाँ शक्तीकी नेतृ तथा भट्टराईपत्नी हिसिला यमीले खस प्रदेशको कर्णाली पुग्दा बाबुराम भट्टराईले जीवनमा पहिलोपटक खस पहिरन दौरा सुरूवाल तथा ढाकाटोपी लगाएको जनाएकी छिन् ।

जनयुद्ध सुरू भएदेखि नै माओवादी नेताहरूले अघोषितरूपमा दौरा सुरूवाल तथा ढाकाटोपी बहिष्कार गरेका थिए ।

अहिले पनि पूर्व माओवादी नेताहरूले विरलै दौरा सुरूवाल ढाकाटोपी लगाउने गर्छन ।

नेकपाका अध्यक्ष तथा माओवादी जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डुले दुई बाम पार्टी मिलेर नेकपा बनेपछि मात्रै ढाकाटोपी कहिलेकाँहि लगाउने थालेका छन् ।

उनले सार्वजनिक रूपमा एकसाथ दौरा सुरूवाल तथा ढाका टोपी लगाएका छैनन् ।

अर्का माओवादी नेता कृष्ण बहादुर महराले सभामुख भएदेखि दौरा सुरूवाल टोपी लगाउन सुरू गरेका हुन् ।

पार्टी अध्यक्ष तथा प्रम केपी ओलीले सभामुखले दौरा सुरूवाल टोपी लगाउनुपर्छ भनेपछि उनले पहिरन फेरेको नेकपाका नेताहरूले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्