क्रिकेट रंगशाला बनाएमा धुर्मुस सुन्तली राष्ट्रकै हिरो बन्छन् : अनमोल केसी



०९ फागुन २०७५, काठमाडौँ

नायक अनमोल केसी यतिबेला चलचित्र क्याप्टेन को प्रमोशनमा व्यस्त छन् । चलचित्र क्याप्टेन यहि फागुन १७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्र क्याप्टेन मा अनमोल एक फुटबल खेलाडीको रुपमा देखिएका छन् ।

यसैको क्रममा उनले एक अन्तवार्तामा धुर्मुस सुन्तलीका बारेमा पनि केही बोलेका छन् । धुर्मुस सुन्तली यतिबेला क्रिकेट रंगशाला बनाउने तयारीमा छन् । यसैकारण पनि अहिले सबैले धुर्मुस सुन्तलीलाई सहयोग पनि गरिरहेका छन् ।

अनमोलले धुर्मुस सुन्तलीले उठाएको कदम एकदमै राम्रो भएको बताएका छन् । उनले क्रिकेट रगंशाला आफ्नै देशमा भए देशका खेलाडीले धेरै कुरा सिक्ने बताए । साथै अनमोलले धुर्मुस सुन्तलीलाई यसका लागि शुभकामना दिदैँ क्रिकेट रंगशाला बनाउन सकेमा धुर्मुस सुन्तली देशकै हिरो बन्ने पनि बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्