अवार्ड समारोहमा निकै बोल्ड देखिइन् सैफकी छोरी सारा अलीखान



०९ फागुन २०७५, काठमाडौँ

सारा अलीखान बलिउडका चर्चित नायक सैफ अलीखानकी छोरी हुन् । तर उनलाई चिनाउन अब उनका बाबुको नामको जरुरत छैन । उनले दुईवटा चलचित्रबाट नै आफूलाई बलिउडमा स्थापित गर्न सफल भएकी छिन् । साराले निकै छोटो समयमा नै बलिउडमा आफूलाई अव्वल नायिका साबित गरिसकेकी छिन् ।

अहिले उनको पाइपलाइनमा धेरै चलचित्रहरु छन् । सारा अहिलेकी निकै व्यस्त र डिमाण्डेड नायिकाभित्र नै पर्छिन् । उनको क्रेज पनि दिनप्रतिदिन निकै बढिरहेको छ । केहीसमय अघि भएको अवार्ड समारोहमा उनी सबैको आखाँमा पर्न सफल भइन् ।

विशेषगरी उक्त अवार्ड समारोहमा उनी अन्य समयमा भन्दा निकै बोल्ड देखिएकी थिइन् । साराको सुन्दरता र गेटअपमा पुरा मिडिया पनि फिदा भएको थियो । उनी आफ्नो त्यहि सुन्दरताका कारण धेरै निर्माता निर्देशकको आखाँमा परेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्