अष्ट्रेलियाबाट नेपाल फर्के लगत्तै रवि ओडले पशुपति शर्माको लुट कान्छा लुट गीतबारे दिए यस्तो प्रतिक्रिया



०९ फागुन २०७५, काठमाडौँ

अष्ट्रेलियाको सफल भ्रमण सकेर नेपाल आइडल टिम हिजोराति नेपाल फर्किसकेको छ । नेपाल आइडलका टप ६ प्रतियोगीले अष्ट्रेलियाको भ्रमण निकै रमाइलो भएको बताए । यसैबीच अष्ट्रेलियामा केहीसमय अघि सालको पातको टपरी गीत गाएर आफू विवादित बनेबारे रवि ओडले छोटो समय लिएर आफ्ना केही कुराहरु राखेका छन् ।

रविले त्यो समयमा आफूले गल्ती गरेको स्वीकारेका छन् । तर उनले त्यतिबेला उक्त गीत आफ्नो मर्जीले नभई फ्यानको डिमाण्ड अनुसार गाएका थिए । उनले त्यो समयमा उक्त गीत गाउनको लागि गीतका संगीतकारलाई सोध्ने समय नमिलेकाले नसोधी गाएको बताए । तर उनले आफ्नो गल्तीलाई स्वीर्कादै माफी पनि मागिसकेका छन् ।

त्यस्तै रविले अहिले निकै विवादित पशुपति शर्माको लुट कान्छा लुट गीतबारे पनि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले पशुपतिले युट्युबबाट उक्त गीत हटाउन जरुरी नरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्