सौतेनी छोरी साराको अफेयरबारे सोध्दा यस्तो दिइन् करिनाले जवाफ



०९ फागुन २०७५, काठमाडौँ

सारा अली खान सैफ अली खानकी छोरी हुन् । तर सैफको अमृतासँग डिभोर्स भएपछि सारा आमा अमृतासँग नै बस्दे आएकी थिइन् । अहिले भने साराले आफ्नो छुट्टै अर्पाटमेन्ट लिएर बसेकी छिन् ।

यस्तैमा बलिउडमा सारा र करिनाको खुब चर्चा हुने गर्छ । धेरैले करिना साराको सौतेनी आमा भएकाले उनीहरुबीच त्यति राम्रो सम्बन्ध नभएको आंकलन गर्छन् । तर सारा र करिनाको सम्बन्ध निकै राम्रो छ । उनीहरु आमा छोरी कम र बेस्ट फ्रेण्ड ज्यादा देखिन्छन् ।

यसैबीच करिना केहीदिन अघि एउटा च्याट शोमा गएकी थिइन् । त्यहाँ उनलाई साराको अफेयरबारे सोधिएको थियो । करिनाले त्यहाँ सारालाई आफ्नो पहिलो फिल्मको नायकसँग लब नगर्न सल्लाह दिएकी छिन् । आजभोली साराको नाम सुशान्तसँग जोडिने भएकाले सायद करिनाले यस्तो जवाफ दिएकी होलिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्