भोजपुरी गीतमा राजेश हमालले गरे सबैलाई चकित पार्ने डान्स (भिडियो)



०९ फागुन २०७५, काठमाडौँ

राजेश हमाल नेपालका निकै वरिष्ठ कलाकार हुन् । उनलाई नेपाली चलचित्र क्षेत्रमा महानायक भनेर चिनिन्छ । यतिबेला उनी चलचित्रमा नभएर नेपालमै पहिलो पटक भित्रिएको अन्तराष्ट्रिय स्तरको रियालिटी शो को बन्छ करोडपति मा व्यस्छ छन् ।

त्यसबाहेक राजेश देश तथा विदेशका विभन्न सांस्कृतिक कार्यक्रममा पनि व्यस्त हुने गरेका छन् । केहीसमय अघिमात्र उनी एक कार्यक्रममा गएका थिए । जहाँ उनले आफ्नो डान्सले सबैलाई चकित बनाइदिएका छन् । खासगरी राजेश हमाललाई नाच्न आउँदैन भनिन्छ तर उक्त महोत्सवमा उनले नाचेको देखेर सबै दर्शक चकित भएका छन् ।

राजेश हमालले भोजपुरी गीतमा एक थारुनी केटीसँग नाचेका थिए । उनको डान्सको सबैले मुक्तकण्डले प्रशंसा गरेका छन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्