अब ५ बर्षपछि विवाह गर्छु : आँचल शर्मा



०९ फागुन २०७५, काठमाडौँ

आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनले थुप्रै म्यूजिक भिडियो र केही चलचित्रमा काम गरिसकेकी छिन् । आँचल छोटो समयमा नै दर्शकको मनमा बस्न सफल नायिका हुन् ।

आँचल शर्माको बारेमा नयाँ कुरा सार्वजनिक भएको छ । आँचललाई पनि विवाहको प्रश्न धेरै आउने गर्छ । झन नायिका बर्षा राउतको भर्खरै विवाह भएका कारण पनि आँचललाई विवाहको प्रश्न धेरै सोधिन थालेको छ ।

यसमा आँचलले रमाइलो जवाफ दिएकी छिन् । उनले आफूलाई निकै सानी बताएकी छिन् । उनले आफ्नो अहिले नै विवाह गर्ने उमेर नपुगेकाले अझै ५ बर्ष विवाह नगर्ने बताएकी छिन् । उनले आफू परिपक्क भएपछि मात्र विवाह गर्ने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्