यसरी बनिन् सेड्रिना कृश्चलकी दुलही (भिडियो)



०९ फागुन २०७५, काठमाडौँ

कृश्चल कडेल नेपाल आइडल सिजन २ बाट उदाएको नाम हो । उनले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएका छन् । कृश्चलले केहीसमय अघि एक म्यूजिक भिडियोमा काम गरेका थिए । भर्खरै मात्र उनले गाएको पहिलो गीत बजारमा सार्वजनिक भएको छ ।

निर्पेश उप्रेतीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको ओढेर घुङ्घट बोलको गीतमा कृश्चल कडेलको आवाज रहेको छ । उक्त गीतमा कृश्चल स्वयम र छोटो समयमा नै दर्शकको मन जितेकी बाल कलाकार सेड्रिना शर्मालाई फिचरिङ गरिएको छ ।

सेड्रिना अहिले आफ्नो पढाईका लागि भारत गएकी छिन् । यो सेड्रिनाको भारत जानुअघिको अन्तिम भिडियो हो । उक्त भिडियोलाई तेन्जु योञ्जनले कोरियोग्राफी गरेका छन् । भिडियोमा कृश्चल र सेड्रिनाको निकै मिलेको केमेष्ट्रि देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्