मन्त्री अधिकारीकै अगाडि सचिवले भने, भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवामा परेँ



१० फागुन २०७५, काठमाडौं

भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् ।

गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

मन्त्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै सामुन्ने बताएका हुन् । कसले दबाब दिएको भन्नेबारे उनले खुलाएनन् ।

सरकारले २ करोडमा खरिद गरेका बीवाईडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको प्रमाणित नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्