आज नायक पल शाहको जन्मदिन, यसरी दिइन् आँचलले जन्मदिनको शुभकामना



१० फागुन २०७५, काठमाडौँ

पल शाह नेपाली चलचित्र क्षेत्रका निकै चर्चित नायक हुन् । उनले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएका छन् । यतिबेला भने पल चलचित्र विर विक्रम २ मा व्यस्त छन् । आज उनै पलको जन्मदिन रहेको छ ।

आज पलको जन्मदिनमा उनकी निकै मिल्ने साथी नायिका आँचल शर्माले पललाई जन्मदिनको निकै राम्रो शुभकामना दिएकी छिन् । उनले पललाई जन्मदिनको शुभकामना दिदैँ आफ्नो हरेक अप्ठ्यारोमा साथ दिने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना भनेकी छिन् ।

पल र आँचललाई नेपाली चलचित्र क्षेत्रमा प्रेमी प्रेमिकाको रुपमा हेर्ने गरिएको छ । तर पल र आँचल दुवैले आफूलाई एकअर्काको मिल्ने साथी मात्र भएको बताएका छन् । हाम्रो तर्फबाट पनि पललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

 

 

प्रतिक्रिया दिनुहोस्