चलचित्र बुलबुल मा स्वस्तिमाको काम देखेर छक्क परिन् केकी



१० फागुन २०७५, काठमाडौँ

स्वस्तिमा खड्का नेपालकी निकै चर्चित नायिका हुन् । उनको डिमाण्ड अहिले नेपाली चलचित्रमा निकै छ । यतिबेला भने उनी विकाश आचार्यको चलचित्र हजार जुनी सम्म मा व्यस्त छिन् ।

केहीदिन अघिमात्र उनको बहुप्रतिक्षित चलचित्र बुलबुल प्रदर्शनमा आएको छ । चलचित्र बुलबुल ले यतिबेला सबैतिरबाट निकै निकै चर्चा बटुलिरहेको छ । विशेषगरी चलचित्रको कथावस्तु र स्वस्तिमाको अभिनयको सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

चर्चित नायिका केकी अधिकारीले पनि चलचित्र बुलबुल हेरेकी छिन् । उनले आफ्नो आधिकारीक फेसबुकमा स्टाटस लेख्दै चलचित्र बुलबुल निकै राम्रो भएको बताएकी छिन् । त्यतिमात्र नभएर केकीले चलचित्र बुलबुल मा स्वस्तिमाको कामले आफूलाई अचम्मित बनाएको पनि बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्