‘दबंग’ र ‘दबंग २’ पनि ‘दबंग ३’ पनि एकसाथ काम गर्दै सलमान र सोनाक्षी



१० फागुन २०७५, काठमाडौँ

सलमान खान बलिउडका निकै परिचित अभिनेता हुन् । उनले बलिउडमा थुप्रै हिट फिल्महरु दिएका छन् । यतिबेला भने उनी चलचित्र भारत मा व्यस्त छन् । चलचित्र भारत सलमानले आफ्नो लागि एकदमै विशेष भएको बताएका छन् । हुन पनि यो अघि रिलिज भएका सलमानका लगातार २ चलचित्र असफल भएका थिए । त्यसैले पनि यस चलचित्रको लागि सलमान निकै मेहेनत गरिरहेका छन् ।

भारत पछि सलमानले आफ्नो समय चलचित्र दबंग ३ लाई दिनेछन् । चलचित्र दबंग र दबंग २ बक्सअफिसमा निकै सफल साबित भएको थियो । जहाँ उनले बलिउडकी निकै चर्चित नायिका सोनाक्षी सिन्हासँग रोमान्स गरेका थिए । चलचित्र दबंग ३ मा पनि यी दुईको नै जोडी देख्न पाइने भएको छ ।

यतिबेला चलचित्र दबंग ३ को सुटिङको सेट तयार भैरहेको छ । चलचित्रको छायांकन अप्रिलबाट सुरु गरिने बताइएको छ । तर चलचित्रको कथा के हुन्छ भनेर सार्वजनिक गरिएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्