१० फागुन २०७५, काठमाडौँ
बलिउड चर्चित गायक सोनु निगम केही समय अघि उक गीतको छायांनको लागि नेपाल आएका थिए । तर नेपाल आउनासाथ अचानक उनको ढाडमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
सोनु निगम नर्भिक अस्पतालबाट डिस्चार्ज भएर अहिले मुम्बई पनि पुगिसकेका छन् । तर मुम्बई एयरपोर्टमा उनी ह्वीलचेयरमा देखिए । त्यसका साथै उनको ढाडमा उनले दुखाई कम बनाउने बेल्ट पनि बाधेका थिए ।