रबिना राई बचाउँ अभियान ! पुण्य/धर्म को काममा सहभागी बनौं !



११ फाल्गुन २०७५, काठमाडौं

‘तपाईको सानो सहयोगले कसैको ज्यान बच्न सक्छ भने, त्यो नै सबैभन्दा ठुलो धर्म हो ।’

सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका वडा नं ९ निवासी रबिना राईलाई ब्रेन ट्युमर भई विगत १७ दिनदेखि काठमाडौंको टिचिङ हस्पिटलमा उपचरार्थ छिन् ।

विरामीको पारिवारिक स्थिती पनि त्यत्ति मजबुद नभएकाले सम्पुर्ण सहयोगी मनहरुलाई सहयोगको लागि हार्दिन अपिल गरिएको छ ।

रबिनको स्वस्थ्यमा गत २४ माघबाट नै खराबी देखिएकाले अहिले टिचिङ हस्पिटलको आईसियूमा रखिएकी छिन् ।

सहयोगी मनहरुमा !

समय परिवर्तनशील छ । समयले मानिसलाई पनि आफुसँगै परिवर्तन गराउँछ ।

मानिस जन्मिनु अनि मर्नु । प्राकृतिको लिला हो । तर, त्यत्तिबेला दुःख लाग्छ, जत्तिखेर मानिस अर्ध–उमेरमै भगवान्को प्यारो हुनुपर्छ ।

यहाँ यत्तिका धेरै समाज छन् । मानिसहरु छन् । संघसंस्थाहरु छन् । संगठनहरु संगठित छन् । एकलाई दुःख पर्दा अर्कोले सहारा दिने नेपालीहरुको सु–बानी हो ।

आउनुहोस् न, हामी पनि रबिनाका लागि सहयोगी हातहरुलाई फैलाउँ ।

सके सहयोग गरौं । आफलु पनि सहयोग गर्न नसके, अरुलाई सहयोग गरिदिन आह्वानसम्म गरौं ।

दुई दिन बाँचुन्जेल पुण्यमै बाँचौं ।

आर्थिक सहयोगको लागि सम्पर्क नम्बरहरु !

हालसम्म आएका सहयोगहरु –

 

प्रतिक्रिया दिनुहोस्