पल शाहको बहुप्रतिक्षित चलचित्र ‘विर विक्रम २’ जेठ ३ मा आउने



१२ फागुन २०७५, काठमाडौँ

पल शाह अहिलेका सर्वाधिक व्यस्त र चर्चित अभिनेता हुन् । उनी अहिले निरन्तर चलचित्र र म्यूजिक भिडियोमा व्यस्त छन् । अस्तिमात्र पलले आफ्नो जन्मदिन मनाएका छन् । यतिबेला भने पलले आफ्नो समय चलचित्र विर विक्रम २ लाई दिइरहेका छन् ।

केहीसमय अघि चलचित्र विर विक्रम २ को पिरतीको मिठो तिर्सना बोलको गीत सार्वजनिक भएको थियो । जुन गीतले अहिले निकै चर्चा पनि पाइरहेको छ । पलको जन्मदिनको अवसरमा चलचित्र विर विक्रम २ को रिलिज डेट पनि तय गरिएको छ ।

पल शाहको बहुप्रतिक्षित चलचित्र विर विक्रम २ आउँदो जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा पलसँगै नाजिर हुसेन र बर्षा सिवाकोटीको पनि मुख्य भूमिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्