सन्नी लियोनीलाई नेपाल टेक्न दिन्न : अनमोल केसी (भिडियो)



१२ फागुन २०७५, काठमाडौँ

अनमोल केसी नेपाली चलचित्र क्षेत्रमा अहिलेका सबैभन्दा धेरै फ्यान फलोइङ भएका अभिनेता हुन् । उनी एकपछि अर्को चलचित्रमा निरन्तर लागिरहेका छन् । यतिबेला भने अनमोलले आफ्नो समय चलचित्र क्याप्टेन लाई दिएका छन् । चलचित्र क्याप्टेन यहि फागुन १७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । अहिले अनमोल यसैको प्रमोशनमा व्यस्त छन् ।

चलचित्रको प्रमोशनको क्रममा अनमोलले आफ्ना केही कुराहरु खोलेका छन् । अहिले नेपाली चलचित्र बजारमा उनको र चलचित्र क्याप्टेन की नायिका उपासना सिंह ठकुरीको अफेयर भएको चर्चा चलिरहदाँ अनमोलले उपासना र आफू मिल्ने साथी मात्र भएको बताएका छन् ।

त्यस्तै उनलाई विहान उठ्ने वित्तिकै आफ्नो घरमा सन्नी लियोनीलाई देखेमा के गर्नुहुन्छ भन्ने प्रश्न गरिएको थियो । यसमा अनमोलले निकै रमाइलो जवाफ दिएका छन् । उनले ठट्यौली पारामा यदि त्यसो भएमा सन्नी लियोनीलाई यहाँ नबस आफ्नै देश फर्कि भन्थे भनेर जवाफ दिए । अहिले उनको यहि कुरा सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्