थुलुङ राई भाषाको पाठ्यक्रम ‘हालाम–न’ द्वारा विविध विधामा आधारित लेख रचनाको माग !



१२ फाल्गुन २०७५, काठमाडौं
यसअघि नै ‘हालाम–को’(कक्षा–१) को पाठ्यक्रम प्रकाशन गरिसकेको ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ले ‘हालाम–न’ (कक्षा–२) को पाठ्यक्रम पनि प्रकाशन गर्ने भएको छ ।

नितान्त थुलुङ भाषाको ‘बोक्छेम’ (व्याकरण) समेत प्रकाशन गरिसकेको प्रतिष्ठानले विद्यालयमा पठनयोग्य ‘हालाम–न’ पाठ्यक्रम अहिले तयारी गरिरहेको छ ।
“पाठ्यक्रम तयारीका लागि ४ सदस्यीय ‘लेखन समीति’ गठन गरिएको छ । जसले अहिले बालमनोविज्ञासँग सम्बन्धित विभिन्न लेखहरु मागिरहेको छ ।” समीतिका सह–कोषाध्यक्ष तथा लेखन समीतिका सदस्य माओदीप राईले भने ।

थुलुङहरुको रीति रिवाज, भाषा, संस्कृति, मुन्धुम, मिथक तथा सभ्यता भल्किएको लेखहरुलाई आगामी १५ फाल्गुनभित्रमा उपलब्ध गराईसक्नुपर्ने समीतिले जनाएको छ ।

लेखन समीतिको अनुसार लेखकहरुले घरपालुवा जनावर, जङ्गली जनावर, पंक्षी, रङहरुको परिचय, अन्नको नामको जानकारी, किरा फट्याङग्रा, किराँत समुदायको विभिन्न कार्यहरु, १ देखि १० सम्मको संख्याको नाम बताउने, शरिरको भागहरुको नाम बताउने, किराँती समुदायमा प्रयोग हुने जडिबुडीहरु लगायतको विविध विषयहरु समेटेर वा यस भन्दा बाहिर कक्षा–२ स्तरका बालबालिका मनोविज्ञानमा आधारित भएर कथा,कविता,गीत, संवाद तथा निबन्ध,प्रबन्ध लेख्न सकिने लेखन समिति सदस्य मणिराम थुलुङले जानकारी दिए ।

समीतिले कथा, कविता र गीतबाट ३/३ ओटा, प्रबन्ध तथा निवन्ध ३ ओटा र संवाद (कुराकानी) मा १ ओटा उत्कृष्ट लेख मागेको छ ।

लेख रचनाको लागि लेखन समीतिका सदस्यहरुलाई सम्पर्क गरि अथवा gmail बाट पनि उपलब्ध गराउन सकिने छ ।

विस्तृत हेर्नुहोस् ।

मणिराम थुलुङ : ९७४३२१०४२७
बलराम थुलुङ : ९८५११७५४७३
चन्द्रकला थुलुमे : ९८४१६२२१५४
माओदीप थुलुङ : ०९१०१२०९०६

Gmail : [email protected]

प्रतिक्रिया दिनुहोस्