स्वर्गीय अभिनेत्री श्रीदेवीको पहिलो बार्षिकीमा उनको अन्तिम भिडियो सेयर गर्दै भावुक बने उनका पति बोनी कपुर (भिडियो)



१२ फागुन २०७५, काठमाडौँ

स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीको पहिलो बार्षिकी अस्ति सम्पन्न भएको छ । बलिउडकी निकै चर्चित नायिका श्रीदेवीको मृत्यु भएको कुरा पत्याउन अहिले पनि उनका निकटका व्यक्तिलाई निकै कठिन भैइरहेको छ । यस्तैमा श्रीदेवीका श्रीमान् बोनी कपुरले श्रीदेवीको अन्तिम भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

स्मरण रहोस श्रीदेवीको निधन दुबईमा भएको थियो । उनी आफ्ना आफन्तको विवाहको लागि परिवारसहित दुबई गएकी थिइन् । त्यसै समयमा कसैले नसोचेको घटना घटेको हो । बोनी कपुरले सेयर गरेको भिडियोमा श्रीदेवीलाई निकै रमाइरहेको देख्न सकिन्छ ।

बोनी कपुर निकै भावुक हुँदै यो भिडियो सेयर गरेका छन् । उनी अझैपनि श्रीदेवीको यादबाट बाहिर निस्कन सकेका छैनन् । श्रीदेवीको लागि उनको परिवारले पूजा पनि राखेको थियो ।


 

प्रतिक्रिया दिनुहोस्