स्वर्गीय आमा श्रीदेवीको सम्झनामा जान्वीले लेखिन् यस्तो भावुक स्टाटस



१२ फागुन २०७५, काठमाडौँ

बलिउडकी लेडी सुपरस्टारको नामले परिचित स्वर्गीय अभिनेत्री श्रीदेवीले संसार छोडेको पनि १ बर्ष भैसकेको छ । उनको पहिलो बार्षिकीमा उनका परिवारले पूजा लगाएका छन् । यस्तैमा श्रीदेवीको परिवारलाई उनको निधन भएको कुरा अझैपनि सपना जस्तो लागिरहेको छ ।

यस्तैमा श्रीदेवीकी छोरी अर्थात् अहिले बलिउडमा निकै चर्चा कमाइरहेकी नायिका जान्वी कपुरले आमा श्रीदेवीको सम्झनामा भावुक स्टाटस सामािजक सञ्जालमा सेयर गरेकी छिन् । उनले आफ्नी आमालाई याद गर्दै निकै मन छुने स्टाटस लेखेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

 

View this post on Instagram

 

My heart will always be heavy. But I’ll always be smiling because it has you in it.

A post shared by Janhvi Kapoor (@janhvikapoor) on

 

 

प्रतिक्रिया दिनुहोस्