श्रीदेवीको साडी बेच्दै उनका श्रीमान् बोनी कपुर



१२ फागुन २०७५, काठमाडौँ

बलिउड स्वर्गीय अभिनेत्री श्रीदेवीले संसार छोडेको आज १ बर्ष पुगेको छ । यस्तैमा उनको पहिलो बार्षिकीमा उनका पति बोनी कपुरले एउटा अचम्मको कुराको घोषणा गरेका छन् ।

बोनीले श्रीदेवीको साडी लिलाम गर्ने भएका छन् । तर लिलामी राम्रो कामको लागि हुने भएको छ । उनको साडीको लिलामीबाट उठेको रकम इन्डिया च्यारिटी शो मा जाने भएको छ । जुन शो बच्चा, महिला, अपाङ्ग र असहायको लागि हुने भएको छ ।

उक्त साडीको लिलामी ४० हजारबाट सुरु हुने भएको छ । त्यसपछि क्रमश साडीको मुल्य बढ्दै जाने छ । साउथ इन्डियामा जन्मिएकी श्रीदेवीको साडी पनि साउथ इन्यिडन खालकै छ । उनको साडी हेर्दा निकै नै राम्रो विशेष देखिन्छ । बोनीले यो सब अरुको सहयोग गर्नको लागि गर्दैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्