आफ्नी श्रीमती मधुको जन्मदिन पनि थाहा छैन राजेश हमाललाई (भिडियो)



१२ फागुन २०७५, काठमाडौँ

राजेश हमाल यतिबेला नेपालमा पहिलो पटक भित्रिएको अन्तराष्ट्रिय स्तरको रियालिटी शो को बन्छ करोडपति मा व्यस्त छन् । साथै यतिबेला सामाजिक सञ्जालमा उनी र उनकी श्रीमती माल्भिका सुब्बाको बहुचर्चित शो जीवनसाथीमा गएको कुरा पनि चर्चामा छ ।

राजेश र मधु केहीदिन अघि माल्भिकाको शो जीवनसाथी मा गएका थिए । त्यसपछि राजेश र मधुको जीवनबारे अझ धेरै कुरा थाहा पाउने मौका दर्शकले पाएका छन् । उक्त अन्तवार्तामा राजेशले मधुको लागि गीत पनि गाए । राजेशले चलचित्रमा थुप्रै रोमान्टिक सिनहरु दिएका छन् । त्यसैले पनि दर्शकलाई राजेश रियल लाइफमा चाहिँ कत्तिको रोमान्टिक छन् भनेर जान्न मन थियो होला । तर राजेश रियल लाइफमा त्यति रोमान्टिक रहेनछन् भन्ने कुरा उक्त अन्तवार्ताबाट थाहा भयो ।

माल्भिकाले राजेशलाई मधुको जन्मदिन कहिले हो भनेर प्रश्न गरेकी थिईन् । राजेशलाई यस्तो प्रश्न गर्ने बित्तिकै मधुले उहाँलाई यस्तो कुरा थाहा हुँदैन भनिन् । नभन्दै राजेशले मधुको जन्मदिन भन्न सकेनन् । तर मधुले त्यसप्रति कुनै गुनासो गरिनन् । उनले राजेशलाई यस्ता कुरा त्यति याद नहुने बताइन् । त्यसबाहेक राजेश र मधुले एकअर्काको निकै प्रशंसा गरे र आफ्नो जीवनमा निकै खुसी भएको पनि बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्