तेलमा डुबेका २ बर्षिया शिशिरलाई भेट्दा बाल कलाकार अनुभव रेग्मी भक्कानिएर रोए, गरे ५ हजार सहयोग (भिडियो)



१२ फागुन २०७५, काठमाडौँ

प्युठानका मात्र २ बर्षका बालक शिशिर खड्का जो सानैमा तातो तेलमा डुबेर आधा शरीर र अनुहार जलेको छ । शिशिर खड्का निकै साना छन् । त्यसैले पनि उनलाई आफ्नो अवस्थाबारे त्यति थाहा छैन । अहिले सामाजिक सञ्जालमा उनका भिडियोहरु थुप्रै आइरहेका छन् । यी साना बालकको अवस्था देखेर जो कोहीको पनि आखाँ रसाउँछ । त्यसैले पनि उनलाइ अहिले देश तथा विदेशबाट आर्थिक सहयोग आइरहेको छ ।

शिशिर खड्कालाई भेट्न केहिदिन अगाडी नेपाली चलचित्र क्षेत्रका बहुचर्चित बाल कलाकार अनुभव रेग्मी पनि पुगेका थिए । अनुभवले पनि युट्युबमा उनको भिडियो हेरेर आफ्ना परिवार सहित शिशिरलाई भेट्न उनको घरमै पुगे । तर त्यहाँ गएपछि शिशिरको अवस्था देखेर आफूलाई थाम्नै नसकेर अनुभव भक्कानिएर रुन पुगे ।

ती साना बालक शिशिरको निकै ठूलो सपना रहेको छ । उनी सानै छन् तर उनले भविष्यमा आफू डाक्टर बन्ने बताए । उनले अनुभवको अगाडी केही चलचित्रका संवाद पनि बोले । त्यसपछि त झन अनुभवले आफूलाई रोक्नै सकेनन् र निकै जोडले रोए । अनुभवले उनको तर्फबाट शिशिरलाई ५ हजार ५ सय आर्थिक सहयोग पनि गरेका छन् । साथै शिशिरको लागि देश तथा विदेशबाट २ लाखभन्दा बढी सहयोग आएको छ । सबैको सहयोगले नै एकदिन फेरि शिशिरको अवस्था राम्रो हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्