१२ फाल्गुन २०७५, काठमाडौं
आईसीसी टी–२० महिला क्रिकेटको एशियन छनौटअन्तर्गतको आजको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । योसँगै नेपालले विश्वकपमा छनौट हुने सम्भावना जारी राखेको छ ।
नेपालका लागि नेरी थापाले कीर्तिमानी ६ विकेट लिँदा नेपालले हङकङमाथि सहज जित निकालेको हो । नेरीको उत्कृष्ट बलिङसँगै अप्सरी बेगमको उत्कृष्ट ब्याटिङ नेपालको जितमा निर्णायक रह्यो । ६३ रनको सामान्य लक्ष्य नेपालले १८.३ ओभरमा पूरा गर्यो। बेगमले सर्वाधिक २४ रन बनाइन् ।
३५ बलको सामना गरेकी उनले ३ चौका प्रहार गरेकी थिइन् । त्यस्तै सरिता मगरले अविजित १६ रनको इनिङ खेलिन् । नेपालका लागि थप स्कोरका रुपमा काजल श्रेष्ठ र इन्दु वर्माले ४/४ रन बनाउन सफल भए ।
उपकप्तान सीता रानामगर खाता नै नखोली आउट हुँदा हङकङकी जस्मिनले ३ विकेट लिएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन मात्र जोड्न सक्यो ।
कप्तान रुविना क्षत्रीले ६ रोमा थापाले २ तथा नेरी थापा १ रनमा अविजित रहिन् ।
जितसँगै छनौटको सम्भावना कायम राखेको नेपालले १५ गते कुवेतसँग खेल्नेछ ।