राउटे समुदायमा १२ वर्षीय बालिकाको बिहे ३१ वर्षीय युवासँग



१३ फागुन २०७५, सुर्खेत

लेकबेँसी नगरपालिकास्थित भेरी नदी किनारमा बस्दै आएकी राउटे समुदायकी मयाराम शाही १२ वर्षीय भइन् । आफ्नो स्याहार आफै गर्न सक्ने अवस्था नभएकी उनको गतसाता आफूभन्दा २० वर्ष जेठा दलबहादुर शाहीसँग विवाह भयो । राउटे बस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिइन् ।

यी दुई मात्र होइन, एक साता अवधिमा राउटे बस्तीका पाँच बालिकाको विवाह भएको छ । उनीहरुले विवाह गरेका अधिकांश पुरुषको उमेरमा धेरै अन्तर छ । राउटे बस्तीमा यी सबै विवाह राति गरिएका हुन् । तर पाँचै जना बालिकाले आफ्नो विवाह भएकोबारे थाहा नभएको बताए । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्म छन् ।

दलबहादुरको मयारामसँग भएको यो दोस्रो बिहे हो । पहिलेकी पत्नीको मृत्यु भएपछि उनले मयारामसित बिहे गरेका हुन् । दलबहादुरका दुई सन्तान छन् । तर, मायारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको थाहा छैन । ‘उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन्,’ दलबहादुरले भने, ‘सानै छे उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ेन विश्वासमा छु ।’ यो समाचार ज्योति कटुवालले कान्तिपुरमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्