प्रियंका र आयुष्मानलाई लाग्यो पिरतीको रोग (भिडियो)



१३ फागुन २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी नेपाली चलचित्र क्षेत्रका निकै चर्चित कपल हुन् । विगत केहीबर्ष देखि एकअर्काको प्रेममा रहेका आयुष्मान र प्रियंकाले इन्गेजमेन्ट पनि गरिसकेका छन् भने आउँदो असारमा विवाह पनि गर्दैछन् ।

यस्तैमा आजभोली यो जोडीको डिमाण्ड चलचित्र र म्यूजिक भिडियोमा खुब बढ्न थालेको छ । भर्खरै पनि यो जोडीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठको शब्द र राजराज सिवाकोटीको संगीत रहेको पिरतीको रोग बोलको गीतमा राजनराज सिवाकोटी र मिलन अमात्यको आवाज रहेको छ ।

उक्त गीतमा आयुष्मान र प्रियंका फिचर्ड छन् भने गीतको कोरियोग्राफी आशिस प्रसाईले गरेका हुन् । निकै रमाइलो शैलीको गीतमा प्रियंका र आयुष्मानको निकै मिलेको केमेष्ट्रि देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्