जब पार्किङमै गरे प्रियंका र निकले किस….



१३ फागुन २०७५, काठमाडौँ

बलिउड चर्चित नायिका प्रियंका चोपडाले गत डिसेम्बरमा आफ्ना अमेरिकन प्रेमी निक जोनसँग विवाह गरेकी थिइन् । विवाहपछि अहिले उनी निकसँग अमेरिकामा नै बस्दै आएकी छिन् । विवाहपछि निक र प्रियंकाका विभिन्न तस्बिरहरु भाइरल भैरहेका छन् । जसबाट प्रियंकाले दर्शकको माया र गाली पनि पाइरहेकी छिन् । भर्खरै पनि प्रियंका र निकको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेकोे ।

भाइरल भएको तस्बिरमा प्रियंकाले पार्किङमै आफ्ना पति निकलाई किस गरेकी छिन् । उनले किस गरेको तस्बिरको अहिले ट्रोल पनि बनिरहेको छ । प्रियंका र निक उक्त तस्बिरमा एकअर्कासँग निकै रमाइरहेको पनि देख्न सकिन्छ । केहीदिन अघि प्रियंका र निक आमा बुबा बन्न खबर पनि बलिउडमा खुब छाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्