१३ फाल्गुन २०७५, काठमाडौं
स्पेनिस ला लिगाअन्तर्गत सोमबार विहान भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई उसकै घरमा पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक रुपमा चलिरहेको खेलको निर्णय प्यानल्टीबाट गरिएको थियो ।
रियलले दुई प्यानल्टी पाएकोमा दोस्रो प्यानल्टी प्रहारको निर्णय विवादास्पद बनेपछि भिएरआर प्रयोग गरिएको थियो, जसमा रियल मड्रिडले राहत पायो । रियलका लागि करिम बेन्जेमा र ग्यारेथ बेलले प्यानल्टीमा गोल गरे । खेलमा पहिलो हाफको अन्तिम समयमा रियलले पहिलो गोल प्यानल्टीबाट गरेको थियो ।
बक्समा लेभान्टेका खेलाडी एनिस बार्ढीले ह्यान्ड बल गरेपछि रियलले प्यानल्टी पाएको थियो । तर, खेलको ६०औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गोल गर्दै खेल बराबरी बनाए । खेल त्यसपछि झन् आक्रामक बन्दा ७८औं मिनेटमा रियलले पुनः प्यानल्टी पायो ।
जहाँ लेभान्टेका चेक डोकुरलेले कासेमिरोलाई बक्समा फउल रियलले प्यानल्टी पायो । जसमा ग्यारेथ बलले गोल गरे । उनी दोस्रो हाफमा बेन्जेमाको ठाउँमा मैदान छिरेका थिए । उनको गोलपछि रियलले १–२ को अग्रता बनायो ।
यो जितपछि रियलले २५ खेलबाट ४८ अंक बनाएको छ । ऊ तेस्रो स्थानमा यथावत छ । शीर्ष टोली बार्सिलोनाको खातामा ५७ अंक छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको खातामा ५० अंक छ ।