फेरि दिए आयुषले सारेगमपा मा धमाकेदार प्रस्तुती, जर्जहरुले गरे यतिसम्म तारिफ (भिडियो)



१३ फागुन २०७५, काठमाडौँ

यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा दुई नेपाली बालकले धमाका मच्चाइरहेका छन् । यस्तैमा यो हप्ताको आइतबार प्रशारण गरिएको एपिसोडमा नेपालका आयुष केसीले तहल्का मच्चाएका छन् ।

आइतबार प्रशारण गरिएको एपिसोडमा बलिउडकी निकै चर्चित अभिनेत्री माधुरी दिक्षित गेष्टको रुपमा आएकी थिइन् । उनले आयुषको प्रस्तुतीको मुक्तकण्ठले प्रशंसा गरिन् । माधुरीसँगै अनिल कपुर पनि आएका थिए । उनले पनि आयुषको प्रस्तुतीको निकै तारिफ गरे ।

आयुषको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । आयुषको उक्त प्रस्तुतीमा जर्जहरुले पनि निकै राम्रो कमेन्ट गरेका थिए । आयुष आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ टप १५ मा पर्न सफल भएका छन् । हाम्रो तर्फबाट पनि आयुष र प्रितमलाई आगामी दिनको लागि शुभकामना ।

 

 

प्रतिक्रिया दिनुहोस्