१३ फाल्गुन २०७५, काठमाडौं
सामाजिक संजालमा बेलाबेलमा विभिन्न खालका तस्वीरहरु भाईरल हुने गर्दछन् ।
यस्तै आईतबारदेखि दुई तस्वीरहरु सामाजिक संजालमा निकै भाईरल भईरहेका छन् ।
नेविसंघभित्रको ३२ वर्षे उमेर हद राख्ने वा नराख्ने भन्ने विवादका कारण नेविसंघभित्रै दुई खेमा देखिएका छन् ।
सोही विषयमा नेपाली कांग्रेसका कार्यकर्ताबीच ढुङ्गा हानाहानको अवस्थासमेत सिर्जना भएको थियो ।
यहिँ अवस्थाको बेला अनलाईन खबरका फोटो पत्रकार चन्द्र आलले क्यामेरामार्फत यि दुई तस्वीरहरु कैद गरेका हुन् ।
उनीहरुको ढुङ्गा हनाईको शैली भने, ठ्याक्कै क्रिकेटमा बलरको जस्तै छ ।
उनीहरु को हुन् ? भन्ने विषयमा भने, प्राय सबै सामाजिक संजाल प्रयोगकर्तालाई थाहा छैन ।
सामाजिक प्रयोगकर्ताहरुले उनीहरुलाई क्रिकेटरको संज्ञा दिएका छन् ।
तस्वीर हेरेर धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले नेपाली लेग स्पीनर सन्दीप लामिछाने र अफगानी सनसनी बलर राशिद खानसँग तुलना गर्न थालेका छन् ।
उनीहरु व्यङ्ग्य गर्दै भन्छन् । ‘स्ट्राईकमा देउवा थिए, वा अरु कोही, तर विकेट भने लिन्छ ।’
(बलिङ हेर्नुहोस्)