यति मिठो गीत गाउँछन् अनमोल केसी (भिडियो)



१३ फागुन २०७५, काठमाडौँ

अनमोल केसी यतिबेला चलचित्र क्याप्टेन को प्रमोशनमा व्यस्त छन् । उनी अहिले चलचित्रको प्रचार प्रसारको लागि विभिन्न ठाउँमा अन्तवार्ता पनि दिइरहेका छन् । यस्तैमा अनमोल केहीदिन अघि फेसबुक र इन्ष्टामा पहिलो पटक लाइभ आएका थिए ।

त्यहाँ उनका फ्यानहरुले उनलाई धेरै प्रश्न पनि सोधेका थिए । जसको अनमोलले निकै इमान्दार भएर जवाफ पनि दिए । साथै अनमोलले फ्यानकै आग्रहमा गीत पनि गाए । अनमोलले आफूलाइ सानैदेखि संगीतमा रुचि भएको बताउँदै आएका छन् । त्यसैले पनि उनी निकै मिठो गीत गाउँछन् ।

अनमोलले फ्यानकै आग्रहमा नेपाली, हिन्दी र इङ्लीस पनि गीत गाए । अनमोलले गिटार बजाउँदै गाएको गीतलाई उनका फ्यानहरुले औधी रुचाएका छन् । अहिले उनले गीत गाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्