नायिका हुँदा ५ बर्षसम्म मात्र काम पाइन्छ : निता ढुङ्गाना



१३ फागुन २०७५, काठमाडौँ

निता ढुङ्गाना नेपाली चलचित्र क्षेत्रकी परिचित नायिका हुन् । उनले थुप्रै चलचित्रमा काम गरिसकेकी छिन् । अझ भन्नुपर्दा उनी बाल कलाकारको रुपमा यो क्षेत्रमा भित्रिएकी हुन् । उनी यो क्षेत्रमा सानैदेखि संघर्ष गर्दै आएकी छिन् ।

उनले थुप्रै अवार्ड पनि जितेकी छिन् । तर विडम्बना त्यति हुँदा हुँदै पनि उनले आफूले सोचेजति सफलता पाउन सकेकी छैनन् । भर्खरै मात्र उनी एक चलचित्रको गीत रिलिज कार्यक्रममा भेटिएकी थिइन् । त्यहाँ उनलाई आजभोली सोलो नायिकामा भन्दापनि सहायक नायिकामा देखिन थाल्नुभएको छ नी भन्ने प्रश्न सोधिएको थियो ।

जसमा निताले आफू एउटा सोलो नायिका मात्र नभएर एउटा कलाकार भएको बताइन् । उनले अगाडी थपिन् नायिका भएर यो क्षेत्रमा बढीमा ५ बर्षसम्म काम पाइएला त्यसपछि त्यति काम पाइदैन तर कलाकार हुँदा यो क्षेत्रमा सधैँ नै जिवित रहिन्छ त्यसैले म आफूलाई कलाकारको रुपमा स्थापित गर्न चाहन्छु । जसको लागि मैले चलचित्रमा आफू सोलो नायिका भए वा नभएको नभएर आफ्नो भूमिकालाई हेर्ने गरेकी छु ।

 

 

प्रतिक्रिया दिनुहोस्