आईसीसी टी–२० महिला क्रिकेट एशिया छनौट : नेपालद्वारा चीन ५ विकेटले पराजित !



आईसीसी टी–२० महिला क्रिकेटको एशिया छनौटअन्तर्गत आज भएको खेलमा नेपालले चीनलाई ५ विकेटले हराएको छ ।

थाइल्यान्डको बैँककस्थित ट्रेडथाई क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनायो । ७८ रनको विजयी लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा ७२ रन मात्रै बनाउन सक्यो ।

यता नेपालका लागि सीता रानामगरले उत्कृष्ट बलिङ गरिन् । उनले चार ओभरमा १९ रन खर्चिएर ३ विकेट लिइन् । यस्तै कविता कुँवरका नाममा एक विकेट रह्यो ।

यसअघि नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाइन् । उनले ३२ बलमा एक चौका प्रहार गरिन् । यस्तै सरिता राना मगरले ११ रन बनाउँदा विन्दु रावलले १० रन जोडिन् । अन्यले दोहोरो अंक छुन सकेनन् ।

जीतसँगै नेपालले ५ खेलबाट ८ अंक जोडेको छ । नेपालले अब बुधबार कुवेतसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्