ज्योतिष हरिहर अधिकारीको पहिलो चलचित्र ‘शुभ लब’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)



१३ फागुन २०७५, काठमाडौँ

हरिहर अधिकारी नेपालका चर्चित युवा ज्योतिष हुन् । उनले कलिलै उमेरमा ज्योतिष शास्त्रको निकै ज्ञान हासिल गरेका छन् । तर अब उनी ज्योतिष मात्र नभएर चलचित्रका नायक पनि बनिसकेका छन् । उनले खेलेको पहिलो चलचित्र शुभ लब यहि चैत्र १५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

भर्खरै मात्र चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सन्तोष बाबु लोहनीको निर्देशन रहेको चलचित्रमा धर्म राज शर्मा सुवेदीको लगानी रहेको छ । चलचित्रमा हरिहर अधिकारी, कृष्टिन पौडेल, प्रदिप बास्तोला, राजाराम पौडेल, सरोज खनाल, रबिन्द्र झा, राजेन्द्र पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

सार्वजनिक ट्रेलरमा हरिहरलार्य ज्योतिषकै रुपमा देख्न सकिन्छ । साथै ट्रेलरमा कृष्टिन र हरिहरको माया र बिछोडको कथालाई पनि राम्रोसँग देख्न सकिन्छ । यतिबेला चलचित्रको शीर्ष गीत निकै चर्चित भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्