१३ फाल्गुन २०७५, काठमाडौं
दक्षिण अफ्रिका अभ्यास खेलका लागि जाने नेपाली युवा युवा क्रिकेटर टोलीको घोषणा गरिएको छ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका १४ जना खेलाडीलाई दुई साता अभ्यास खेल खेल्ने गरि लागिने बताईएको छ ।
डिपिएलका सद्भावनादूतसमेत रहेका दक्षिण अफ्रिकाका पूर्व–क्रिकेट खेलाडी जोन्टी रोड्स र डीपीएल टिम सीवाइसी अत्तरियाका प्रशिक्षक रायन मारोनले नेपाली युवा खेलाडीलाई दक्षिण अफ्रिका भ्रमणको बन्दोवस्त मिलाएका हुन् ।
दक्षिण अफ्रिकामा नेपाली युवाले प्रान्तीय र स्थानीय उमेर समूहका खेलाडीको टोलीसँग ५० ओभर र दुई दिवसीय खेल खेल्नेछन् ।
आगामी हुने यू–१९ को खेलमा नेपाली युवा खेलाडी घुलमील हुन सकून् भन्ने उद्देश्यका साथ भ्रमणको तयारी गरिएको जनाईउको छ ।
घोषित टोलीमा को को परे? त हेर्नुहोस् ।
–रोहित कुमार पौडेल
–पवन सर्राफ
–सन्दीप जोरा
–भीम सार्की
–रित गौतम
–कुशल मल्ल
–तृतराज दास
–सुवास ऐर
–सुशिल खड्का
–कमलसिंह ऐरी
–राशिद खान
–अदिल अन्सारी
–दिपेन्द्र रावत
–खगेन्द्र जैसी