१३ फागुन २०७५, इटहरी
सुनसरीको इटहरीमा पहिलो पटक प्रदेश नम्वर १ मा भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । पचरुखी युवा क्लव, इटहरीको आयोजनामा आगामी फागुन १६ गते देखि पहिलो प्रदेश नम्वर १ स्तरीय भेट्रान कप फुटबल प्रतियोगिता सुरु हुने भएको हो ।
क्लवले इटहरीको विगबारमा पत्रकार सम्मेलन गरी उमेरले वयस्क भएका व्यक्तिहरुलाई खेलकुदको महत्वका विषयमा जानकारी गराउँदै खेलकुदले शारिरीक स्वास्थ्यमा समेत लाभ पुग्ने तर्फ मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष पीताम्बर पोखरेलले प्रदेश नम्वर १ का विभिन्न जिल्लाका १० भेट्रान टिमको सहभागिता रहने वताए ।
अध्यक्ष पोखरेलका अनुसार खेल इटहरीको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रदेश १ का धरान भेट्रान क्लब सुनसरी, विर्तामोड भेट्रान क्लव झापा, दमक भेट्रान क्लव झापा, आयोजक रातो सुनसरी, सि यम जि भेट्रान विराटनगर, एभरेष्ट भेट्रान क्लव मोरङ्ग, टि डब्वु वाइ सी भेट्रान विराटनगर आयोजक हरियो सुनसरी, राजघाट भेट्रान मोरङ्ग र धनकुटा भेट्रान धनकुटाले प्रतिस्पर्धा गर्ने जनाईयो । प्रतियोगिताको विजयी टिमले नगद एक लाख एक हजार सहित शिल्ड प्रमाण पत्र र उपविजेताले नगद ५१ हजार र शिल्ड प्रमाण पत्र प्राप्त गर्नेछन् ।