राजेश र अनमोलको भेट हुँदा भुवन र निरुता हाँसेरै बेहोस, राजेशले यसरी तताए माहोल (भिडियो)



१४ फागुन २०७५, काठमाडौँ

यतिबेला राजेश हमाल आफ्नो चर्चित रियालिटी शो को बन्छ करोडपति मा व्यस्त छन् । उनको यो शो ले अहिले दर्शकको निकै मन जितिरहेको छ । यस्तै यो हप्ताको को बन्छ करोडपति को एपिसोडमा अहिलेका चर्चित अभिनेता अनमोल केसी र उनको बाबु भुवन केसी पनि पुगेका थिए ।

यस्तै ब्याक स्टेजमा बसेर निरुता सिंहले पनि राजेश, अनमोल र भुवनको मस्तीलाई हेरिरहेकी थिइन् । को बन्छ करोडपति को यस हप्ताको एपिसोडमा अनमोल र भुवनले राजेशसँग खेम पनि खेले । राजेश, भुवन, अनमोल र निरुता सायद पहिलो पटक मिडियामा एकसाथ देखिएका थिए ।

एकसाथ मिडियामा देखिदाँ अनमोल राजेश हमालसँग निकै खुलेका थिए । त्यस्तै पहिलो पटक मिडियामा देखिदाँ अनमोल र राजेशको दोस्ती देखेर निरुता र भुवन हाँसेरै थाकेका थिए । जे होस यी बरिष्ठ कलाकार एकसाथ मिडियामा आउँदा निकै खुसी देखिएका थिए । उनीहरुको अन्तवार्ता अहिले निकै हिट भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्