प्रदिप खड्कासँग काम गर्दैमा भाग्य चम्कने होइन : मिरुना मगर



१४ फागुन २०७५, काठमाडौँ

मिरुना मगर चलचित्र लालपुर्जा बाट नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् । तर उनको पहिलो चलचित्र सफल हुन सकेन । पहिलो चलचित्र सफल नभएपनि उनी दोस्रो पटक अहिलेका हटकेक अभिनेता प्रदिप खड्कासँग चलचित्र रोज मा देखिएकी थिइन् । यो चलचित्रबाट मिरुनाले निकै आश गरेकी थिइन् । तर विडम्बना यो चलचित्रले पनि हलमा पानी समेत भन्न पाएन ।

प्रदिप खड्का अहिलेका निकै नाम चलेका अभिनेता भएकाले उनीसँग काम गर्दा नायिकाको भाग्य चम्कन्छ भन्ने धेरैलाई लागेको छ । केही अभिनेत्री प्रदिपसँग काम गरेर निकै हिट पनि भएका छन् । तर उनीसँग काम गर्दैमा सबै नायिकाको भाग्य बन्छ भन्ने कुरा चाहिँ पक्कै पनि गलत हो ।

यस्तै चलचित्र साइनो को गीत रिलिज कार्यक्रममा रोज नायिका मिरुना मगरलाई पनि यस्तै प्रश्न गरिएको थियो । उनलाई प्रदिपसँग काम गर्दा पनि भाग्य चम्किएन भनिएको थियोे । जसमा उनले प्रदिपसँग काम गर्दैमा कुनैपनि नायिकाको भाग्य नचम्कने बताइन् । उनले यो क्षेत्रमा सफलता पाउनको लागि आफैले कडा मेहेनत गर्नुपर्ने र प्रीदपले पनि आफुसँग काम गर्दैमा कुनैपनि नायिकाको भाग्य बन्ने कुरा नबताएको बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्