पाकिस्तानी गायिकाले यति मिठोसँग गाइन् नेपाली गीत, सबै नेपाली परे चकित (भिडियो)



१४ फागुन २०७५, काठमाडौँ

नेपाली गीतसँगीतको छाप नेपालीलाई मात्र नभएर विदेशीलाई पनि निकै पर्ने गरेको देखिन्छ । हुन पनि नेपाली गीत संगीतमा एउटा छुट्टै खालको जादु नै हुन्छ । त्यसैले पनि विभिन्न विदेशीहरुले निकै मेहेनत गरेर नेपाली गीत गाएको हामीले देखिरहेका हुन्छौँ ।

यस्तै अहिले एक पाकिस्तानी गायिकाले नेपाली गीत गाएको कुरा सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । पाकिस्तानकी सारा राजा खान खान गरेकी गायिकाले निकै चर्चित नेपाली गीत गाजुल ती ठूला ठूला आँखा बोलको गीत गाएकी छिन् ।

पाकिस्तानी भएर पनि ती महिलाले उक्त गीत नेपालीले भन्दापनि मिठो गाएकी छिन् । अहिले सामाजिक सञ्जालमा उनको गीतलाई दर्शकले निकै रुचाइरहेका छन् । उनले नेपाली मात्र नभएर हिन्दी र अन्य केही भाषाका गीत पनि निकै मिठो गाउन सक्छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्