मेडिकल कलेजको बदमासीः एमबिबिएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा



१४ फागुन २०७५, काठमाडौं

काठमाडौँ विश्वविद्यालय (केयु) बाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा.अंकुर साहले कुनै मेडिकल काउन्सिलद्वारा निर्धारितभन्दा बढी विद्यार्थी भर्ना गरिएको पाइए त्यस्ता विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

नागरिकलाई प्राप्त निजी मेडिकल कलेजहरुले नेपाल मेडिकल काउन्सिलद्वारा चालू शैक्षिक सत्रका लागि निर्धारित सय सिटमा एक–एकजना विद्यार्थी भर्ना गरेको पुष्टि हुन्छ ।

विश्वविद्यालय र मेडिकल कलेजको मिलेमतोमा एमबिबिएसमा अनधिकृत रुपमा विद्यार्थी भर्ना गरिएको मेडिकल काउन्सिल उच्च स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्