‘सारेगमपा लिटल च्याम्प’ मा प्रितमले फेरि मच्चाए धमाका, जर्जहरु समेत परे छक्क (भिडियो)



१४ फागुन २०७५, काठमाडौँ

यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा नेपाल दुई साना बालकले तहल्का मच्चाइरहेका छन् । भारतमा गएर अहिले नेपालका छोराहरुले भारतीय बच्चालाई नै टक्कर दिदैँ निकै राम्रो प्रस्तुती दिइरहेका छन् ।

यस्तैमा गत आइतबार देखाइएको एपिसोडमा नेपालका प्रितम आचार्यले निकै दमदार प्रस्तुती दिएका छन् । प्रितमले अडिसन देखि नै जर्ज र दर्शकको मन जित्दै आएका छन् । आइतबार सेलेब्रेटि गेष्टको रुपमा बलिउडका चर्चित कलाकार माधुरी दिक्षित र अनिल कपुर आएका थिए । उनीहरुले प्रितमको मुक्तकण्ठले प्रशंसा गरे ।

सबै जर्ज र जुरी उनको प्रस्तुती हेरेपछि निशब्द भएका थिए । प्रितमले जुरीहरुबाट १०० प्रतिशत नै अङ्क ल्याउन सफल भए । उनलाई सबै जर्जहरुले उठेर ताली पनि दिए । जे होस भारतमा गएर नेपाली छोराहरुले नेपाललाई गर्व महशुस गरेका छन् । उनीहरुले आफ्नो मात्र नभएर हाम्रो देशको पनि ना उच्च बनाइरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्