चर्चित नायिका प्रियंका कार्कीका प्रेमी आयुष्मान परे ट्राफिक प्रहरीको फन्दामा (भिडियो सहित)



१४ फागुन २०७५, काठमाडौँ

यतिबेला चर्चित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी आफ्नो चलचित्रमा भन्दापनि आयाङ्का फाउण्डेशन मा व्यस्त छन् । आयाङ्का फाउण्डेशन कै लागि केहीसमय अघि प्रियंका र आयुष्मानको सर्ट चलचित्र खुसीको सिलिण्डर सार्वजनिक भएको थियो । जसमा आयुष्मानले प्रियंकालाई ग्यासमा खाना पकाउन सिकाइरहेका थिए ।

त्यस्तै भर्खरै मात्र पनि प्रियंका र आयुष्मानको सुरक्षित यातायात नामक सर्ट चलचित्र सार्वजनिक भएको छ । जसमा हामीले कसरी आफ्नो यात्रालाई सुरक्षित बनाउन सकिन्छ भन्ने कुरा सिकाउन खोजिएको छ । प्रियंका र आयुष्मान आफ्नो सर्ट चलचित्रको माध्यमबाट मानिसमा चेतनाको अभिवृद्धि गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्