बोल माया पछि फेरि आयो प्रकाश सपूतको धमाकेदार गीत, केकी र गम्भिर फिचर्ड (भिडियो)



१४ फागुन २०७५, काठमाडौँ

प्रकाश सपूत चर्चित लोक गायक हुन् । पछिल्लो समयमा उनले गाएको बोल माया बोलको गीतबाट उनले थप चर्चा पाएका हुन् । उनलाई उक्त गीतबाट नै धेरै दर्शकले चिन्न थालेका छन् । बोल माया गीत हिट भएपछि प्रकाश र शान्ति दुवै निकै व्यस्त हुन थालेका छन् ।

यस्तै भर्खरै मात्र प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । प्रकाश सपूतकै शब्द र संगीत रहेको मुखैमा चिनी बोलको गीतमा प्रकाश सपूत र चर्चित लोकदोहोरी गायिका सुनिता दुलालको आवाज रहेको छ । उक्त गीतमा नेपालकी चर्चित नायिका केकी अधिकारी र चर्चित कोरियोग्राफर गम्भिर विष्टलाई फिचरिङ गराइएको छ । निकै रमाइलो शैलीको गीतलाई गम्भिर स्वयमले कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्